विराटनगर– विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् । बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन् ।


ADVERTISEMENT


जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले करारमा कार्यरत २४ जनामध्ये यही साउन १ गतेदेखि १० को करार अवधि सकिएकाले निष्कासन गरिएको बताए । उनका अनुसार बन्द रहेको जुटमिलमा कर्मचारीको आवश्यकता नहुने भएकाले करार अवधि सकिएपछि केहीलाई कामबाट हटाइएको हो ।


ADVERTISEMENT

# # #


निष्कासनमा परेका कर्मचारीले भने जुट मिलका अध्यक्ष वन नै अवैध भएको र सञ्चालक समितिको निर्णयबिनै आफूहरुलाई गैरकानूनी तरिकाले निष्कासन गरेकाले मान्य नहुने बताएका छन् ।