चितवन– नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।


ADVERTISEMENT


इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । रासस