काठमाडौं– अनसनरत डा गोविन्द केसीलाई भेट्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलाई केसीको प्रतिरक्षामा उत्रेका विद्यार्थीहरुले प्रवेश गर्न नदिएर अस्पतालबाट फर्काइदिएका छन् ।


ADVERTISEMENT


डा. केसीलाई अपहरण शैलीमा लैजान नपाइने भन्दै उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीले समेत भेट्न नपाउने भन्दै फर्काएका हुन् । स्थानीय जनतासहित विद्यार्थीहरुले अनसन स्थलमा पुग्नबाट काठमाडौंबाट गएको सरकारी पक्षलाई समेत रोकेको छ ।


ADVERTISEMENT

# # #


विद्यार्थीहरुले केसीलाई काठमाडौं लैजानु अघि आफूहरुको ज्यान लिनु पर्ने भन्दै नारावाजी गरिरहेका छन् । जुम्लाका महिलाहरु पनि थाल र घरेलु हतियारसहित केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् ।

विद्यार्थीहरुले अस्पताल प्रवेश गर्न नदिएपछि मुख्यमन्त्री र गृहमन्त्री उपकुलपतिको कार्यकक्षमा बसेका छन् । विद्यार्थीहरुको आन्दोलन शान्त भएपछि पुनः प्रवेश गर्ने सोचका साथ उनीहरु अस्पतालमै बसेका छन् ।