काठमाडौ– विगत २० दिनदेखि जुम्लामा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले बल प्रयोग गरेको छ ।


ADVERTISEMENT


प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरेको हो । डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए ।


ADVERTISEMENT

# # #


केसीका समर्थकहरुलाई तितरवितर बनाउँदै अस्पताल परिसरमा प्रवेश गरेको टोलीले डा. केसीलाई हेलिकोप्टरमा हाल्ने तयारी गरेको छ ।

प्रहरीको टोली केहीबेर अघि प्रतिष्ठान पुगेपछि उनका समर्थक र जुुम्लाका महिलाहरुले घेरा हालेका थिए ।