काठमाडौं – २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसी अन्ततः सरकारी हेलिकोप्टरमै काठमाडौं आएका छन् । प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं हिँडेका हुन् ।


ADVERTISEMENT


झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि डा. केसीले काठमाडौं गएपनि सरकारी हेलिकोप्टरमा नजाने बताएका थिए । काठमाडौँ ल्याइएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा डा केसीको उपचार गर्ने तयारी सरकारले गरेको छ ।