काठमाडौँ– सरकारको वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा आज पारित हुँदैछ ।


ADVERTISEMENT


हिजो छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि आजै पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक ब्यवस्था र निर्वाचन आचारणसंहिताका कारण नयाँ योजना र कार्यक्रमविनै कामचलाउ सरकारले आगामी आर्थिक बर्षको बजेट भोली ल्याउँदैछ ।


ADVERTISEMENT

# # #


कामचलाउ सरकारले नयाँ योजना र कार्यक्रम बिना नै सदनमा पेश गरेको नीति तथा कार्यक्रमलाई हिजो सत्तापक्ष र प्रतिपक्षी दुबैले स्वागत गरेका थिए ।