काठमाडौं– चिकित्सा क्षेत्रमा व्यापक विकृती रहेको भन्दै डा. गोविन्द केसी अहिले १५ औ अनशनमा छन् ।अनशनमा रहेका केसीको स्वास्थ्य जटील बन्दै गएपछि सरकारले पटक पटक काठमाडौै आउन आग्रह गरेपनि उनी माग पुरा नभई आउन नमानेपछि बाध्य बनाएर उनलाई हिजो काठमाडौं झिकाईएको हो ।


ADVERTISEMENT


काठमाडौं झिकाईएका डा. केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि राखीएको छ । बिहिवार साँझ उपचाररत डा. केसीलाई भेट्न नायिका मनिषा कोईराला शिक्षण अस्पताल महाराजगञ्ज पुगीन् । डा. केसीको स्वास्थ्य अवस्था बुझेर फर्केकी मनिषाले केसीको प्रशंसा गर्दै ट्वीटरमा लेखेकी छिन्ः डा केसी एक असाधारण ब्यक्तीत्व जो धेरै बाधा ब्यवधान सहेर पनि यो विश्वासले अघि बढेका छन् कि उनको बाटो सही छ ,डा केसीलाई सलाम ।


ADVERTISEMENT

# # #


 

https://twitter.com/mkoirala/status/1019976796085870592

मनिषा राजनीतिक पारीवारिक वातावरणमा हुर्के बढेपनि उनले कलाकारीता अंगाली बलिउडमा नाम कमाउन सफल रहिन ।तर पछिल्लो समय वैवाहिक जिवनमा खटपट र अचानक क्यान्सरले आक्रमण लागेपछि उनी भारतको बसाई छोट्याउँदै नेपाल बस्दै आएकी छिन् ।