विराटनगर– विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ ।


ADVERTISEMENT


गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् ।


ADVERTISEMENT

# # #


गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका छन् । सर्वसाधारण घरबाट बाहिर कमैमात्रामा निस्कने गरेका छन् । बजारमा दिउँसो चहलपहल अत्यन्त कम देखिन्छ ।

पछिल्लो समय पानी नपरेकाले गर्मी ह्वात्तै बढेको स्थानीयवासी इन्द्रप्रसाद दाहालले बताए । उनले खेती रोप्ने समयमा पानी नपर्नु, हिल्याएको खेत सुक्न थाल्नुले किसान मर्माहत भएका छन् ।

सुनसरी–मोरङमा लगभग ४८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण भएको सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट वितरण हुने पानीका लागि पनि किसानबीच विवाद हुने गरेको छ । खेत रोप्न तयार छ तर पानी छैन । नहरमा आउने पानीमा धेरै किसानको भाग लाग्ने भएकाले पनि समस्या देखिएको स्थानीयवासी वीरनारायण चौधरीले बताए।