काठकाडौँ आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् ।


ADVERTISEMENT


गत वर्ष प्रतिव्यक्ति नेपाली आम्दानी ७ सय ५७ डलर रहेको थियो । त्यस्तै, चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको अनुमान गरिएको छ । कुल गार्हस्थमा राजस्वको योग्दान पनि २२.३ प्रतिशत पुग्ने अनुमान गरिएको हो ।


ADVERTISEMENT

# # #


सरकारले पुँजीगत खर्च वृद्धि भएको कृषि क्षेत्रमा वृद्धि भएको कारण आर्थिक वृद्धि ६.९४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा भने आर्थिक वृद्धि ०.०१ प्रतिशत मात्र रहेको थियो ।

त्यस्तै, ८ महिनामा विद्युत् आपुर्ती १०५.६१ मेगावाटले बढेर ९ सय ६१ मेगावाट पुगेको, कुल सडक बिस्तार २९ हजार १ सय ५३ किमि भएको छ । त्यस्तै सन् २०१६ मा ४० प्रतिशतले पर्यटक आगमन बढेर ७ लाख ५३ हजार पुगेको छ ।