काठमाडौं–ब्राजिलियन स्टार नेइमारले आफू यो सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मै रहने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


इएसपिएन ब्राजिलका अनुसार नेइमार पिएसजीमै बसेर धेरै उपाधि जित्न चाहेकाले उनी अन्त कतै नजाने भएका हुन् । स्पेनिस क्लब रियल मड्रिडले नेइमारलाई ठूलो रकम तिर्न तयार रहेको खबर आइरहेको बेला नेइमारले आफू पिएसजीमै रहने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


उनी अघिल्लो सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए । नेइमारले आफू लिग वान च्याम्पियन पिएसजीबाटै अरु धेरै ट्रफी जित्न चाहेको इएसपिएनलाई दिएको अन्तर्वर्तामा भनेका छन् ।

आफू रियल मड्रिड जान चाहेको वा रियल मड्रिडले त्यसका लागि प्रस्ताव गरेको भन्ने सबै खबर नियोजित र हल्ला मात्र भएको उनले दाबी गरेका छन् ।

यसअघि स्पेनिस क्लबले पनि रियल मड्रिडले नेइमारका लागि आफूले ठूलो रकम प्रस्ताव गरेको भन्ने खबरमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

यस्तै नेइमारले रसिया विश्वकपमा ब्राजिलको प्रदर्शनलाई लिएर आफू दुःखी भएको बताएका छन् ।

ब्राजिल अन्तिम ८ मा बेल्जियमसँग पराजित भएर घर फर्किएको थियो। उनले ब्राजिल विश्वकपबाट बाहिरिनु आफ्नो लागि दुखको कुरा भएको बताए । ‘सायद मेरो जीवनकै सबैभन्दा खराब क्षण यो विश्वकप रह्यो,’ उनले भने ।

उनले अब पछि विगतलाई फर्किएर हेर्ने भन्दा अघि बढ्ने र त्यसका लागि ध्यान केन्द्रित गर्ने समय आएको बताए । ‘मेरा लागि त्यो निकै कठिन क्षण थियो, अब यो समय बितिसक्यो, अब पालो अगाडिको हो ।’