काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गरेका ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन ।


ADVERTISEMENT


मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ ।


ADVERTISEMENT

# # #


मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैशाखदेखि असार महिनाभित्र गर्ने गरी जारी गर्नुभएको ३० बुँदे कार्ययोजना अधिकांश शुरु भएकै छैन, केही आंशिक शुरु भएको छ ।

३० बुँदे कार्ययोजनामध्ये झन्डै १५ वटा योजनाको प्रगति शून्य देखिएको छ । – आजको नेपाल समाचारपत्रबाट