दमक– मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ ।


ADVERTISEMENT


गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।


ADVERTISEMENT

# # #


गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उनी सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।