काठमाडौं– विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।


ADVERTISEMENT


सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । वयोधा अस्पतालले सिंहको आइतबार बिहान ३ः१५ बजे निधन भएको पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


८२ बर्षीय सिंहलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो । पछि निमोनियाँ देखिएको र अन्ततः हृदयाघातका कारण निधन भएको वयोधा अस्पताल स्रोतले जानकारी दिएको छ ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।

सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसीसमेत हुन् । ज्ञानेन्द्रको शाही शासनपछि दलहरूलार्इ सार्वजनिक आलोचना गरेर उनी विशेष चर्चामा आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् । उनले आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका थिए ।