काठमाडौं–  चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर १५औं पटक आमरण अनशनमा बसिरहेका प्रा. डा. गोविन्द केसीका माग पूरा गर्न दबाब दिने उद्देश्यले आइतबारबाट बसन्तपुरको डबलीमा सामुहिक सत्याग्रह शुरु गरेको छ ।


ADVERTISEMENT


डा. केसिको मागप्रति ऐक्यबद्दता जनाउदै तथा केसीको जीवनरक्षाका निम्ति १० बजे देखि साँझ ५ बजेसम्मको लागी अनशन सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


डाक्टर केसीका सहयोग प्रितम सुबेदीका अनुसार २०० जना अनशनमा सहभागी जनाउने भनेपनि अहिलेसम्म ५० जनाले मात्र भाग लिएका स्रोतबाट जानकारी प्राप्त भएको छ ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गरिएको केसीका समर्थक सुबेदीले जानकारी दिएका छन् ।