काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् । आज एक विज्ञप्ती जारी गर्दै मन्त्री तामाङले क्षमा मागेका हुन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्री तामाङले राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको’ बताएका थिए। उनले ‘डाक्टर पढ्न बंगलादेश जाने छोरी–चेलीबारे आज म कथा खोल्छु’ भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन्।


ADVERTISEMENT

# # #


विज्ञप्ती जारी गर्दै उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीले आत्महत्या गरेको प्रसंग निकाल्दै नेपाली छोरीचेली हिंसामा नपरून् भनेर सचेत गराउन खोजेको प्रस्टीकरण दिएका छन् ।

सम्बन्धित समाचार : विवेकशील साझा पार्टीद्वारा कानुनमन्त्री तामाङको राजीनामा माग

‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरन र अध्ययन गरी फर्केका छात्राहरुप्रति पर्न गएको चोटप्रति म क्षमा माग्न चाहन्छु ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘महिलाको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अश्मिताको रक्षामा मेरो सदैव प्रतिवद्धता र क्रियाशिलता रहिरहनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु ।’

यसअघि झापा, बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेश जाने छात्रामाथि हुबहु टिप्पणी गरेका थिए। त्यसको पनि भिडियो सार्वजनिक भएको थियो ।