काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा र विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।


ADVERTISEMENT


आज संयुक्त विज्ञप्ती जारी गर्दै संगठनहरुले संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा उल्लेख गरिएकाले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


डा. गोविन्द के.सि.को आन्दोलन र त्यसले सिर्जना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार लगायतका सवै सम्वद्ध निकायमा तपशिलका विषयमा हाम्रो धारणा र माग स्पष्ट गर्न चाहन्छौं ।

युवा संघ, वाइसीएल, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।’

यस्तै संगठनहरुले आधारभुत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाउन माग गर्दै जनताको करबाट तलब भत्ता खाई जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कार्वाही गर्न माग गरेको छ ।

यस्तै स्वास्थ्य शिक्षामा देखिएका सवै समस्या दिर्घकालीन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गनुपर्र्ने संगठनको माग छ । डा गोविन्द केसीको अनसनलाई वार्ताका माध्यामबाट अन्त्य गर्नुपर्ने भन्दै केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गर्न संगठनले माग गरेका छन् ।