खजुरा, बाँके– नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ ।


ADVERTISEMENT


करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पसललाई समेत क्षति पुर्याइएको छ । नजिकैको होटलमा मान्छे रहेको आशङ्कामा प्रहरी उद्धारमा जाँदा एक प्रहरी घाइते भएका छन् ।

घाइते भएका तालिम केन्द्रका प्रहरी निराजन विकको नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । आगो विद्युत् सर्ट भएर लागेको आशङ्का गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।