काठमाडौं–सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।


ADVERTISEMENT


न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएका हो ।


ADVERTISEMENT

# # #


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्यन कार्ययोजनाका लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्ती रोजगार कार्यक्रमको दायरा मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए । – आजको कारोवार दैनिकबाट