काठमाडौँ– ट्राफिक एफएम सवारी चालक र यात्रुको साथी बन्दै गएको छ ।


ADVERTISEMENT


ट्राफिक एफएम ९५.६ मेगाहर्जको छैँटौँ वार्षिकोत्सवका अवसरका आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन ट्राफिक एफएमले महत्वपूर्ण भूमिका खेलेको बताए ।


ADVERTISEMENT

# # #


“सीमित स्रोत र साधनबीच उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले उल्लेख्य काम गरेको छ,” उनले भने । उनले ट्राफिक एफएमको क्षमता विस्तार गर्दै कार्यक्रमलाई थप गरेर अगाडि बढ्न सुझावसमेत दिए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सडक अनुशासन कायम गरी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक एफएममार्फत महाशाखाले महत्वपूर्ण काम गरेको बताए ।

महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले ट्राफिक एफएममार्फत उपत्यकाको ट्राफिक गतिविधि, प्रहरी समाचार र सामुदायिक प्रहरीले गरेका कामकारबाहीलाई आम स्रोतामाझ पुर्याएको बताए ।

ट्राफिक एफएमका स्टेशन म्यानेजर एवम् प्रहरी निरीक्षक रामबाबु रानाले ५०० वाट क्षमता भएको ट्राफिक एफएमलाई एक हजार वाट क्षमतामा विस्तार गर्नुपर्ने बताए ।

सो अवसरमा एशियाली विकास बैँकले ट्राफिक प्रहरीलाई ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’ हस्तान्तरण गरेको थियो । २०६९ साउन ८ गते सो एफएम स्थापना भएको थियो ।