चितवन– चितवनको भरतपुर महानगरपालिका–७ मा पारिवारिक तथ्यांक लिन शुरु गरिएको छ ।


ADVERTISEMENT


हिंसा र बेचबिखनमा परेका महिलाको हकहितमा काम गर्दै आएको संस्था केआइ नेपालले भरतपुर महानगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पारिवारिक तथ्यांक संकलन शुरु गरेको वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार उक्त वडाको घरधुरी, जनसंख्या तथा वस्तुस्थितिका बारेमा सही जानकारी नभएकाले यकिन तथ्यांक लिन थालिएको हो । काफ्लेले उक्त वडामा बसाइँ सरेर आउने क्रम बढ्दो रहेको तर बसाइँसराइ दर्ता नभएकाले यति नै जनसंख्या भन्न सकिने अवस्था नरहेकाले तथ्यांक संकलन थालिएको उल्लेख गरेका छन् ।

मुख्यगरी वडाको जनसंख्या, घरधुरी, पारिवारिक अवस्था, मानव बेचबिखन तथा लैंगिक हिंसाको अवस्था, भाडामा बस्नेको संख्या, लागूऔषध दुरुपयोग अवस्थालगायतका विषयमा तथ्यांक संकलन हुने केआई नेपाल चितवनका संयोजक केमीका घिमिरेले जानकारी दिएका छन् ।

पारिवारिक तथ्यांक आइसकेपछि राज्यलाई करको दायरामा ल्याउन पनि सहज हुने र विकासका कार्यक्रम सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास रहेको घिमिरेको भनाइ छ ।

दुई महिनामा तथ्यांक संकलन गर्ने योजनाका साथ नौ जना संकलक खटाइएको केआइ नेपाल, चितवनले जनाएको छ । मंगलबारदेखि शुरु भएको कार्यक्रमका लागि करीब रु दुई लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्ता तथ्यांकले नगरको विकासका लागि सहयोग पुग्ने बताईन् । महिला अधिकारकर्मी संगीता भट्टराई हरेक स्थानीयतहमा यसैगरी तथ्यांक संकलन गर्नसके कार्यक्रम लैजान सहज हुने समेत बताईन् । रासस