काठमाडौं – युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा आज इस्ट लण्डन-११ सँग खेलिरहेको छ।


ADVERTISEMENT


खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको छ। नेपालको लागि ओपनर अनिल कुमार शाहले शतक प्रहार गरे भने शरद भेषावकर शतकबाट २ रनले चुके।


ADVERTISEMENT

# # #


५८ रन हुँदा ३ विकेट गुमाएको नेपालको लागि अनिल र शरदले मिलेर चौथो विकेटका लागि २१२ रनको साझेदारी गरे।

अनिलले ११८ बल खेल्दै १९ चौका र ३ छक्का प्रहार गरे। यस्तै ८६ बल खेलेका शरदले ६ चौका र ५ छक्काको मद्दतमा ९८ रन बनाए। यस्तै सोमपाल कामीले २९ तथा रोहित कुमार पौडेलले ११ रन जोडे

इस्ट लण्डन-११ का लागि अर्सलान खानले ३ तथा नबिल अजिजले २ विकेट लिए।