काठमाडौ‌ं– नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो ।


ADVERTISEMENT


नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ । कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दै बटालियनको अवसर दिएको हो ।


ADVERTISEMENT

# # #


सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, कारमा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष करिब सय सैनिकले अवसर पाउनेछन् ।

प्रवक्ता भण्डारीले ६ सय सैनिकहरु बटालियनका रूपमा त्यहाँ जान लागेको बताए । उनले आवश्यक बन्दोबस्तीका सामानसहित केही सैनिक त्यहाँ पुगिसकेको र थप सैनिक माग भएलगत्तै पठाउने गरी तयारी अवस्थामा राखिएको बताए ।

नेपाली सेना संयुक्त राष्ट्रसंघअन्तर्गत हाल सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिबिया, इजरायल, माली, कंगो, सुडान, सिरिया, मोरक्को र दक्षिण सुडानमा खटिँदै आएको छ । – आजको राजधनी दैनिकबाट