एजेन्सी– फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपको सेमिफाइनल र फाइनल खेल चोटसहित खेलेको खुलासा गरेका छन् । फ्रान्स फुटबल म्यागेजिनसँग कुरा गर्दै एम्बाप्पेले बेल्जियमसँगको सेमिफाइनलको तीन दिनअघि आफ्नो मेरूदण्डको तीन वटा हड्डी सरेको बताएका छन् ।


ADVERTISEMENT


‘हाम्रा प्रतिद्वन्द्वीलाई त्यो कुरा थाहा नदिनु जरूरी थियो । नत्र उनीहरूले त्यसको फाइदा उठाउँदै त्यो संवेदनशील भागमा केन्द्रीत हुन्थे,’ विश्वकपमा चार गोल गरेका एम्बाप्पेले भनेका छन्, ‘त्यसैले खेलाडी र टोलीका अन्य सदस्यले फाइनलको अघि पनि त्यो कुरा लुकाए।’


ADVERTISEMENT

# # #


बेल्जियमविरूद्धको सेमिफाइनल र क्रोएसियाविरूद्ध फाइनल दुबै खेलमा एम्बाप्पेले राम्रो प्रदर्शन गरेका थिए ।

फाइनलमा उनले एक गोल पनि हानेका थिए । पहिलो पटक विश्वकप खेलेका एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन् । १९ वर्षीय एम्बाप्पेले टिनएजमै विश्वकपको एउटै खेलमा २ गोल र फाइनलमा गोल गर्ने पेलेको रेकर्ड पनि बराबर गरेका छन् ।

पिएजीबाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले विश्वकपमा आफूले पाएको तलब र भत्ता ५ करोड ५८ लाख रूपैयाँ शारिरिक अपांगता भएका बच्चाहरूलाई खेलमा सघाउने संस्थालाई दान दिने बताएका छन् ।