काभ्रे– जिल्लाको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ ।


ADVERTISEMENT


बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्टनजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, केही घाइते घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ३० किलोमिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।