काठमाडौं– नेपाल चिकित्सक संघले आमरण २७ दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


संघका महासचिव डा. लोचन कार्कीले आज एक विज्ञप्ति निकालेर डा. केसीको अनसन नतोडिउञ्जेलसम्मका लागि भोलि शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


निर्णय कार्यान्वयनका लागि संघका शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई संघले अनुरोध गरेको छ । बिरामी र बिरामीका आफन्तलाई धैर्य धारण गर्न पनि संघले आग्रह गरेको छ ।

डा. केसीको जीवन अत्यन्त कठिन मोडमा पुगेको र कुनै पनि बेला अप्रिय घटना घट्नसक्ने बताउँदै संघले नेपाल सरकार र डा. केसी पक्षधर वार्ताटोलीलाई गम्भीर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधकासाथ अगाडी बढ्न आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ अनसन थालेका डा केसीसंग सरकारी पक्षले वार्ता गरेपनि निष्कर्ष भने निस्किन सकेको छैन ।