काठमाडौ‌ँ– सरकारले इन्टरनेटको शूल्क नबढाउन निर्देशन दिएको छ । इन्टरनेट मूल्य समायोजनबारे अध्ययन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा मूल्य नबढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको हो ।


ADVERTISEMENT


इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको थियो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्रालयले अघि सारेको थियो । तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने तर्क गर्दै आएका थिए । कार्यदलको आजको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायक सहमत भएका छन् ।