काठमाडौँ– एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता आगामी अगष्ट २७ देखि मलेसियामा हुने भएको छ ।


ADVERTISEMENT


अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म चल्ने एसिया कप क्वालिफायरका विजेताले एसिया कपको समूहमा चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।


ADVERTISEMENT

# # #


एसिया कप–२०१८ को क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा टेष्ट खेल्नेबाहेककमा उत्कृष्ट ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाल, युएई, हङकङ, मलेसिया, सिंगापुर र ओमान छन् ।

राउण्ड रोविन लिगपछि यस प्रतियोगिताको विजेता युएईमा हुने एसिया कप खेल्नेछ । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान हुनेछन् ।

एसिया कप सेप्टेम्वर १५ देखि २८ सम्म युएईको दुबई र अबुधावीमा हुनेछ ।