काठमाडौँ– भावी प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्ने भएको छ ।


ADVERTISEMENT


समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको समितिका सदस्य सांसद पार्वत गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भावी प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् । समितिकोे आइतबार बस्ने बैठकले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।