काठमाडौं– सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिक पनि सडकमा उत्रिएको छ । प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन थाले लगतै पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा आएको हो ।


ADVERTISEMENT


राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्दैछ । मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए ।


ADVERTISEMENT

# # #


‘सरकार जनताको आकांक्षा बमोजिम अगाडि बढेको भान हुन सकेन,’ बोहोराले भने, ‘त्यसकारण सरकारको सर्वसत्तावादी शैली, मंहगी, कर वृद्धि जस्ता गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।’

राप्रपा प्रजातान्त्रिकले प्रदेशस्तरीय सम्मेलन पनि गरिरहेको छ । संगठन विस्तार र सरकारका गतिविधिविरुद्ध जनमत निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।