एजेन्सी– भारतमा दुई साताको अवधिमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौं घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त छन्।


ADVERTISEMENT


त्यसैगरी दशौं लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ। भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुन्छ।


ADVERTISEMENT

# # #


भारतका टेलिभिजन च्यानलहरुले सवारी साधनहरु सडकका पानीमा डुबेको दृश्य देखाएका छन्। बाढी पहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घरहरू प्रभावित भएका छन्। यसरी प्रभावित हुनेमा नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँ पनि छन्।

सञ्चार माध्यमका अनुसार बाढी पहिरोबाट सबभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको छ। त्यस राज्यमा मात्रै १४० भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी दक्षिणी राज्य केरलामा १२६, पश्चिम बंगालमा ११६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असाममा ३४ जनाको मृत्यु भएको छ ।

भारत सरकारले बाढी पहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहत प्रदान गर्न देशका अति प्रभावित ६ वटा राज्यमा राष्ट्रिय प्रकोप सहायता बल (एनडीआरएफ)का ४३ टोली परिचालन गरेको छ। सबै एनडीआरएफमा कम्तीमा ४५ जना छन् ।

बाढी पहिरोबाट मानवीय र भौतिक संरचनाको क्षतिसँगै ठूलो मात्रामा खेतीवाली र खेतीयोग्य जमिन समेत नष्ट भएको छ।