काठमाडौं– मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘लिगेसी टुर’ नेपालबाटै सुरु गर्ने भएको छ ।


ADVERTISEMENT


क्रिकेटको विकासमा सहयोग गर्ने उद्देश्यले एमसीसीले ‘लिगेसी टुर’ योजना बनाएको छ । नेपालले हालै मात्र एकदिवसीय मान्यता पाएको र क्रिकेट क्रेज बढेकाले नेपालबाटै यात्रा सुरु गर्न लागिएको एमसीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


एमसीसीको टोली यसअघि २०१५ मा नेपाल आएको थियो । त्यसपछि नेपालले लड्र्समा खेल्ने अवसर पायो । आइतबार पनि एमसीसी र नेदरल्याण्ड्ससँग टी२० सिरिज खेल्दैछ ।

त्यसअघि एमसीसी फाउण्डेसनले ‘लिगेसी टुर’ नेपालबाटै थाल्ने घोषणा गरेको हो । एमसीसीका सहायक सचिव जोन स्टीभनसनले भने, ‘एमसीसीको लिगेसी टुर नेपालबाट सुरु हुने घोषणा गर्न पाउँदा खुसी लागेको छ ।’

यो टुरमा एमसीसीले फन्ड संकलन गरेर क्रिकेटको विकासमा मद्दत गर्ने गर्छ ।