काठमाडौँ– क्रिकेटको ‘मक्का’ मानिने लर्डस् मैदानमा जारी नेपाल, मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्डबीचको टि २० त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा एमसीसीले नेपालसामू ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा एमसीसीले पूरै ६ ओभर खेलेर ४ विकेट गुमाउँदै ४० रन बनाएको छ । एमसीसीका लागि कप्तान माहेला जयवर्दनेले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


यता नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । यस्तै शक्ति गौचनले १ विकेट लिँदा ज्ञानेन्द्र मल्लले जमोमथा ट्रोटलाई रन आउट गरे ।

यसअघिको अर्को खेलमा नेदरल्याण्डले एमसीसीलाई १० रनले विजयी भएको थियो ।