काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ ।


ADVERTISEMENT


कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए ।


ADVERTISEMENT

# # #


उता काभ्रेको तेमाल गाउँपालिका(१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए । बारा बारागढी गाउँपालिका(६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन् । – आजको अन्नपुर्ण पोष्टबाट