काठमाडौं– बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी– २० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।


ADVERTISEMENT


नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब (एमसीसी)लाई हराएका थिए । तर नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल भने वर्षाले रद्ध भएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


लर्डसमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो । लगातार वर्षा भइरहेपछि अम्पायरले खेल रद्ध गरिदिए र दुवै टिमलाई संयुक्त विजेता घोषणा गरे ।

नेदरल्याण्ड्सका वेस्ले बेरेसीले सर्वाधिक ४४ रन बनाएका थिए । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक(एक विकेट लिएका थिए ।

त्यसअघि नेपालसँग आयोजक एमसीसी ९ विकेटले पराजित भएको थियो ।

अब नेपाल ऐतिहासिक एकदिवसीय श्रृंखला खेल्न नेदरल्यान्ड प्रस्थान गर्नेछ जहाँ नेपाल र नेदरल्यान्डबीच बुधबार र शुक्रबार दुई खेल हुने छ ।