काठमाडौं– अफ्रिकी देश जिम्बाब्वेमा सोमबार(आज) चुनाव हुँदैछ । यसपालीको चुनाव विशेष छ । ३७ वर्षसम्म सत्तामा रहेका रोबर्ट मुगाबेले गत वर्ष राष्ट्रपति पद छोड्नुपरेको थियो । उनले यसलाई ‘सैन्य कू’ बताएका थिए ।


ADVERTISEMENT


रोबर्ट मुगाबे सत्ताच्यूत भएपछि उनका नजिकका सहयोगी र पूर्व उपराष्ट्रपति इमरसन मन्गाग्वाले राष्ट्रपति बन्ने मौका पाएका थिए । अब देशमा भइरहेको चुनावमा सत्ताधारी पार्टी जानू–पीएफले उनलाई नै उम्मेद्वार बनाएको छ । उनका मुख्य प्रतिद्वन्द्वी हुन् विपक्षी पार्टी एमडीसीका नेल्सन चामिसा ।


ADVERTISEMENT

# # #


यसैबीच ९४ वर्षका पूर्व राष्ट्रपति मुगाबेले सत्ताच्यूत भएपछि पहिलो पटक मिडियालाई सम्बोधित गरेका छन् । मतदानअघि अचानक मुगाबेले एक समयका आफ्नो निकै नजिक रहेका इमरसन मन्गाग्वालाई आफ्नो हातमा लिए ।

मुगाबेले भने, ‘मलाई आफूले नै बनाएको पार्टीबाट बाहिर निकालेपछि आफ्नो उत्तराधिकारीको समर्थन गर्नेछैन ।’

जीतको दाबीः
चुनाव प्रचारको अन्तिम दिन जिम्बाब्वेको दुबै प्रमुख पार्टी जानू–पीएफ र एमडीसीका उम्मेद्वारले राजधानी हरारेमा आफ्नो समर्थकको र्यालीलाई सम्बोधन गरे । जानू–पीएफका उम्मेद्वार र वर्तमान राष्ट्रपति मन्गाग्वाले मतदातासँग ‘जितपछि आफूले नयाँ जिम्बाब्वे बनाउने’ प्रण गरे ।

उनले भने, ‘सोमबार हामी चुनाव जित्दै छौं । हामी आज भोलीका लागि नभई भविष्यका लागि मतदान गरिरहेका छौं । हामी अर्को पीढिका लागि मतदान गरिरहेका छौं । हामी मिलेर आफ्नो प्यारो जन्मभूमिलाई अघि बढाउँछौं । हामी मिलेर नयाँ जिम्बाब्वे बनाउनेछौं ।’

यस्तै मन्गाग्वाका प्रतिद्वन्द्वी एमडीसीको उम्मेद्वार नेल्सन चमिसाले पनि जीतको दाबी गरे । उनले वर्तमान सरकार दिशाहीन भएको आरोप लगाए ।

चमिसाले भने, ‘देशमा अर्को सरकार अब हाम्रो बन्नेछ । हाम्रो जीत हुनेछ, त्यसमा कुनै शंका छैन । यदि हामीले सोमबार मौका गुमायौं भने हामी सधैंका लागि श्रापित हुनेछौं किनभने वर्तमान सरकार विचारहीन र दिशाहीन छ ।’

कडा प्रतिस्पर्घाः
मन्गाग्वाका समर्थकका अनुसार उनीहरुले पुनः मौका पाउनुपर्छ । हरारेमा आयोजित जानू–पीएफको र्यालीमा भाग लिन पुगेकी मोलिन मुसारीरी भन्छिन्, ‘म राष्ट्रपति मन्गाग्वाको समर्थनका लागि आएको हुँ । उनलाई एक भोट मेरोतर्फबाट जानेछ भन्न चाहन्छु ।’

यस्तै, विपक्षी पार्टी एमडीसीको र्यालीमा पनि अत्यधिक भीड जम्मा भएको छ । एमडीसीका उम्मेद्वार चामिसा युवा र बेरेजगारबीच लोकप्रिय छन् । उनकी एक समर्थक तसेही म्यातिराले भनिन्, ‘म नेल्सन चमिसाको समर्थन गर्छु किनभने हामी परिवर्तन चाहन्छौं । हामीले धेरै कुरा सहिसक्यौं । हामीसँग न त पैसा छ न खानका लागि अन्न । पैसा नभएका कारण बच्चा स्कूलसमेत जान सकिरहेका छैनन् ।’

जिम्बाब्वेको खराब स्थितीका लागि रोबर्ट मुगाबेलाई जिम्मेवार मानिन्छ जो सन् १९८० मा स्वतन्त्रता पाएदेखि सन् २०१७ को अन्त्यसम्म राष्ट्रपति रहे । अब मतदान अघि उनले मानिसहरुसमक्ष लोकतन्त्र स्थापित गर्न अपिल गरे ।

मुगाबेले भने, ‘भोली चुनाव छ र म तपाईं सबैलाई लोकतन्त्र, संवैधानिकता र स्वतन्त्रता लिएर आउन अपिल गर्छु । यस्तो नगरे हामीले नोभेम्बरदेखि जुन शासन देखिरहेका छौ त्यो पुनः भोग्नुपर्ने हुन्छ । जसले चुनाव जित्छ, उसलाई पहिले देखि नै बधाई । हामीले नतिजा स्विकार गर्नुपर्छ ।’

आफैंले बनाएको पार्टीको विरोधः
मुगाबेले आफूपछि राष्ट्रपति बनेका व्यक्ति (मन्गाग्वा) लाई भोट दिने छैन । उनका अनुसार उनी आफै गत वर्ष डिसेम्बरमा भएको पार्टीको कांग्रेसमा राजीनामा दिने तयारीमा थिए । रोबर्ट मुगाबेले जोशुआ नकोमोसँग मिलेर सन् १९८७ मा जानू–पीएफ पार्टीको स्थापना गरेका थिए ।

उनका अनुसार उनले आफ्नी श्रीमती ग्रेसलाई सत्ता सुम्पिने कुनै सोच राखेका थिएनन् । उनलाई जबर्जस्ती सत्ताच्यूत गरेका कारण जिम्बाब्वेका मानिसहरु स्वतन्त्रत हुन नसकेको जानकारी दिए ।