काठमाडौं–सर्वोच्चका वरिष्ठ न्यायाधीश जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो ।


ADVERTISEMENT


आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गर्ने सत्तारुढ दल नेकपाको तयारी छ ।


ADVERTISEMENT

# # #


‘शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा छन्’ नेकपाका एक सांसदले भने, ‘आकस्मिक कुनै घटना क्रम भएन भने अस्वीकृत गर्ने सम्भावना छ ।’

नेकपाका शीर्ष नेताहरुले आइतबार राति पार्टीका सांसदहरुलाई त्यही सन्देश पठाएको स्रोतको दाबी छ । ‘यदि पर्याप्त कारण र आधार छ भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्न सक्छ है भन्ने सन्देश दिन खोजिएको हो,’ जोशीलाई प्रधानन्यायाधीश नबनाउने संकेत गर्दै नेकपाका ति नेताले भने ।

त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।

१५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दल नेकपाका ९ र सत्ता साझेदार फोरमको एक सांसद छन् ।