दोलखा– विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् ।


ADVERTISEMENT


बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


विदेशमा रहेका दोलखालीले अनलाइन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम संकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । बिक्री प्रबन्धक कम्पनीले सेयर निष्कासन सुरु हुनुअगावै फाराम वेबसाइडमा राख्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

वैदेशिक रोजगारीमा रहेकाको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खातामार्फत सेयर आवेदन दिन पाउनेछन् । काठमाडौंमा बसोबास गर्नेले सोही ठाउँबाटै र जिल्लाका नागरिकले स्थानीय तहबाटै सेयर आवेदन भर्न पाउने व्यवस्था मिलाइने भएको छ । – आजको राजधानी दैनिकबाट