काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार रिपोर्टस् नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी रहेको बताउँदै आफूहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं ।’ यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको बताउँदै उनले भने, ‘तर अहिले नै दबाई गर्ने बेला भएको छैन्।’

सरकार जसरी अघि बढ्छ, त्यसैगरि आफूहरु जाने भन्दै उनले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबारे कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
यस्तै पार्टीको महाधिवेशनबाट सहमतिबाटै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए । पार्टीको नेतृत्वको लागि प्रतिष्पर्धा नहुने उनले ठोकुवा गरे ।

वर्तमान सरकारले काम नगरेकोमा आफूहरुको असन्तुष्ट रहेको उनको भनाई छ । मधेश आन्दोलनताका नेता तथा कार्यकर्तालाई लगाईएको मुद्दा फिर्ता, बन्दी रिहाई गर्न पनि आफूहरुले दबाब दिएको उनले सुनाए । फरक प्रसँगमा उनले राजपा र फोरमबीचको एकताको पनि अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे ।