काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।


ADVERTISEMENT


पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् । समितिकोे आइतबार बस्ने बैठकले जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने भनिएको थियो । तर बठक बसेपनि निर्णय नगरी स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


जोशी संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । तर यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा विवाद देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो ।