देश यतिबेला कामकुरो एकातिर कुम्लो बोकी थिमीतिर हुने खतरामा छ । विकास, समृद्धि र स्थायित्वको लोकमार्गमा देश दौडिसक्नु पर्ने अवस्थामा बिबिध उल्झनहरुमा नै मूलुक अल्झिन पुगेको छ ।


ADVERTISEMENT


डा. गोबिन्द केसीको १५ औँ अनसन प्रकरण २७ दिन चल्यो, सरकारसंग सहमती पत्रमा हस्ताक्षर भयो, बिषयलाई दीर्घकालिन रुपमा समाधानको दिशामा लैजाने प्रयत्नको कार्यान्वयनले फेरी पनि उही बिषयमा रुमल्लिरहनु पर्ने छैन ।


ADVERTISEMENT

# # #


बिषयहरु आउँछन्, समाधान हुन्छन् । तर स्वार्थ समुहहरुले गाईरहने एउटै भजनले समाधानको कार्यान्वयन होईन झनै डोरीमा गाँठो पर्न सक्छ ।

कस्ले के काम गर्यो, सरकार देखि नागरिक स्तर सम्म देशका लागि भईरहेका कामहरुको कहीँ चर्चा बहस हुँदैन । हुन्छ त केवल कस्ले के भन्यो भन्ने ‘कुरा’को मात्र ।

कामको भन्दा कुराको बढी चर्चा हुन थाले पछि जिम्मेवार निकाय र जिम्मेवार व्यक्तिहरुको भूमिका छायाँमा पर्ने भयो, वाकचालहरुको अनावश्यक होहल्ला हुने भयो ।

जनतालाई धेरै ठूलो महत्वकाँक्षी बनाईएको छ, राजनीतिक नेतृत्वबाट । देखाईएको सपनालाई बिपना बनाउने दायित्व सरकार र प्रतिपक्षि दुबैको हो । एकले अर्कोलाई खुईल्याउने प्रबृत्तिले अन्तत्वगत्व देश र जनतामाथि नै धोका मात्र हुने हो । रचनात्मक पहरेदारी प्रतिपक्षको जिम्मेवारी हो, विकास, समृद्धि र शान्तिको जनमतलाई एकलब्य भएर पुरा गर्ने दायित्व सरकारको हो । कोही पनि कर्तव्यच्यूत नहुने हो भने देश बन्ने राजमार्ग कोरिन्छ ।

यहाँ त कस्ले के भन्यो या बोल्यो भन्ने माखे खेदाईले राष्ट्रिय एजेन्डाहरु नै पो बिर्सने हो की भन्ने सम्मको त्रास पो बढ्न थालेको छ ।
जनताहरुलाई साना साना बिषयहरुको घेराबन्दीमा पारेर दलीय तथा स्वार्थ खेल्ने तत्वहरुको पञ्जामा मूलुकलाई लान खोज्ने प्रयत्नहरुबाट सबै सचेत बन्नुपर्छ ।

बिषयहरुलाई तन्काउने होईन, प्राथमिकताको आधारमा तत्काल पूर्णबिराम लगाउनुपर्छ ।

केही समययता नटुँगिने जस्तै बनाएर बाटिएका अनावश्यक डोरीहरु माखे साङ्ग्लोको रुप नलियोस् !

अभिव्यक्तिको बिषयलाई लिएर कानूनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिए, कुरा टुँगियो ।

उही बिषयमा व्यवशायी दुर्गा प्रसाईले बिज्ञप्ति मार्फत माफी मागे, सक्कियो ।

साँसद गगन थापाले स्पष्टिकरणहरु दिईरहेका छन्, कुरा बुझियो ।

तर फुर्सदियो व्यापार मौलाएर भूपी शेरचनले भने झैँ देशलाई हल्लै हल्लाको बनाई राखिनु दुर्भाग्य छ ।

अभिब्यक्तिको संवेदनशीलतालाई ध्यानमा राखेर सत्य तथ्य अनुसन्धानबाट पत्ता लगाएर समाधान गरे भै गो ।

यहाँ त तिललाई पहाड बनाईएको छ, पहाडलाई तिल ।

व्यवशायी पर्साईका बिरुद्ध मार्सी हुईँया देखि मानवअधिकार र सँसद सम्म कुरा पूर्याईनु के हो ? झिँगा मार्न मेसिनगन चलाए जस्तै होईन ?

सञ्चारमन्त्री गोकुल बाँस्कोटा देखि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सम्मको अभिव्यक्तिहरुलाई ट्रोल बनाईरहँदा गरेका कामहरु पनि संगै बाहिर ल्याउँ, यदी कामै गरेको पाईएन भने तर्कमा प्रश्न गरौँ, काम गर्ने वातावरण पनि दिउँ !

हल्लै हल्लाले मूलुक चल्दैन, काम गर्ने ठाउँमा हुनेहरुलाई रोकेर हुँदैन, सचेत पहरेदारी पनि बिर्सन मिल्दैन ।

अब देश बनाउँ, कुरा नबनाउँ !!