डिसी– अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरस्थित बुद्ध मन्दिरको निर्माण गर्ने उदेश्यले लगाइएको महापुराणमा तेश्रो दिनसम्म ४२ लाख ४० हजार डलर रकम संकलन भएको छ ।


ADVERTISEMENT


जुलाई २८ बाट शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन शिरोमणी दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका महायज्ञ अगस्त ३ मा समापन हुनेछ ।


ADVERTISEMENT

# # #


महायज्ञको तेश्रो दिनसम्म शालिक वाग्लेले ३३ हजार ३ सय तेत्तिस डलर ,गोपाल बि. कले दश हजार १ डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार गरी ४२ लाख ४० हजार डलर भन्दा बढि रकम संकलन भएको आयोजकले जनाएको छ ।

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागि आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा दान सहयोग गर्ने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको थियो ।

आयोजकले पछि सम्पुर्ण दाताको नामावली सार्वजनिक गर्ने जनाएको छ ।