काठमाडौँ– ऐतिहासिक पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले २९ रन बनाएका जोहान माइवर्गलाई बोल्ड गरेका हुन् ।
यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । उनले डिनायल बार्कलाई बोल्ड गरे । बार्क १ रन बनाएर आउट भएका हुन् । यस्तै कप्तान पारस खड्काले उक्त सफलता दिलाएका हुन् । पारसले २० रन बनाएर खेलिरहेका बिन कपुरलाई एलबीडब्लुको धरापमा पारेका हुन् ।
नेदरल्याण्ड अहिले १३ ओभरमा ३ विकेटको क्षतीमा ६० रन बनाएर खेलिरहेको छ ।