काठमाडौँ– ऐतिहासिक पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । कप्तान पारस खड्काले विकेट लिएका हुन् । उनले विल्सी वारेसीलाई स्लिपमा आरिफ सेखको हातबाट क्याच आउट गरेका हुन् । वारेसीले २२ बलमा १२ रन बनाएका थिए ।


ADVERTISEMENT


यसअघि सन्दीप लामिछानेले तेस्रो विकेट विकेट लिएका थिए। उनले २९ रन बनाएका जोहान माइवर्गलाई बोल्ड गरे । यस्तै सोमपाल कामीले पहिलो विकेट लिएका थिए । उनले डिनायल बार्कलाई बोल्ड गरे । बार्क १ रन बनाएर आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


कप्तान पारस खड्काले पहिलो विकेट बिन कपुरको लिएका थिए । पारसले २० रन बनाएर खेलिरहेका बिनलाई एलबीडब्लुको धरापमा पारेका हुन् ।

नेदरल्याण्ड अहिले १६ ओभरमा ४ विकेटको क्षतीमा ७४ रन बनाएर खेलिरहेको छ ।