काठमाडौँ – प्रधानन्यायाधीशमा दीपकराज जोशीबारे निर्णय लिन बसेको संसदीय सुनुवाइ समितिको बैठक आजपनि अनिर्णित भएको छ । सिंहदरबारमा सुरु भएको निष्कर्षविहीन टुंगिएको हो ।
एसएलसी नै उत्तीर्ण नगरेको पाइएपछि विवादमा तानिएका जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिको निर्णय नलिने निचोडमा दलहरु पुगेका छन् । एकैसाथ धेरैवटा विवाद सार्वजनिक भएपछि जोशीको प्रधानन्यायाधीश यात्रा धरापमा परेको हो ।
यसअघि पटक पटक बसेको संसदीय सुनुवाइ समितिको बैठक पनि अनिर्णित रहँदै आएको थियो । सत्तारुढ दलहरु विवादित पृष्ठभभूमिका जोशीलाई प्रधानन्यायाधीश नबनाउने निचोडमा छन् भने कांग्रेसले अन्तिममा आएर रोक्न नहुने अडान लिएको छ ।