काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । नेदरल्याण्डविरुद्ध भइरहेको पहिलो एकदिवसीय खेलमा उनले ५६ बलमा ८ चौका प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।


ADVERTISEMENT


लामो समयदेखि खराब र्फममा गुज्रिँदै आएका मल्ल उपकप्तानको जिम्मेवारी पूरा गर्न नसकेको आलोचना खेपिरहेका थिए ।


ADVERTISEMENT

# # #


गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले १९० रनको चुनौति पच्छ्याइरहेको छ । ताजा अवस्थामा नेपालको १८ ओभरमा एक विकेटको क्षतीमा ८३ रन पुगेको छ ।