काठमाडौँ– ब्याटिङमा चल्न नसकेपछि ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्डसंग ५५ रनले पराजित भएको छ ।


ADVERTISEMENT


नेदरल्याण्डको एमस्टेलभिनस्थित भिएरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । १९० रनको सामान्य लक्ष्य पच्छ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


यसअघि नेदरल्याण्डका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन बनाए । पारस खड्काको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट हुनुअघि उनले २ चौका प्रहार गरे । यस्तै बास डी लिडले ३०, स्टेफन माइवर्गले २९, बिन कपुरले २० रन बनाउँदा स्कर्ड इडवार्डले १८ रन बनाए । यस्तै फ्रेड क्ब्लासेनले ११ रन प्रहार गरे ।

यता नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । १० ओभरमा २६ रनमात्र खर्चिए । यस्तै सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र वसन्त रेग्मीले समान १र१ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीप सर्वाधिक महंगा साबित भए । १० ओभरमा उनले ४२ रन खर्चिए ।

पहिलो विकेटका लागि अनिल कुमार शाहले ज्ञानेन्द्र मल्लसंग ५८ रनको साझेदारी गरेर जितका लागि सहज बनाएका थिए । अनिल २१ रन बनाएर आउट भए । तर टप अडर ब्याट्समेन चल्न नसक्दा फेरि एक फटक नेपालले हार ब्यहोरेका हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए ।  यस्तै उनी ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै दीपेन्द्र ऐरिले ३३ रनमा आउट हुँदा कप्तान पारस खड्का १२ रनमा पेवेलियन फर्किए ।

यस्तै दीपेन्द्र ऐरिले ३३ रनमा आउट हुँदा कप्तान पारस खड्का १२ रनमा पेवेलियन फर्किए । शक्ति गौचन ९ रन बनाएर नटआउट रहँदा शरद भेषवाकरले ४ रन बनाए । नेपालका चार जना ब्याट्समेन खाता नै खोल्न नपाई आउट भए ।

यता नेदरल्याण्डका लागि कप्तान पिटर सिलर, फ्रेड क्लासेन र माइकल रिप्पोनले उत्कृष्ट खेले । उनीहरुले समान ३/३ विकेट लिए । यस्तै  बास डी लिडले एक विकेट लिए ।

नेपालले अर्को खेल शुक्रबार यही मैदानमा खेल्दैछ ।