काठमाडौं–धेरै दिनको पर्खाइ पछी २०७५ सालमा संचालित कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । बिहिबार बिहान नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ ।


ADVERTISEMENT


हिजो राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको थियो ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।

२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।

यसरी हेर्नुहोस नतिजाः

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा sms पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।