काठमाडौँ– ग्लोबल की टेक्नोलोजी प्रा.लि.को मोबाइल एप्स रिचार्जरले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


कम्पनीले विश्वको सर्वोच्च शिखर सगरमाथापछि अफ्रिकको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो । रिचार्जरको मोबाइल एपमामात्र यो अफर लागू हुनेछ ।


ADVERTISEMENT

# # #


रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् ।
मोबाईल र मूल्य अनुसार किस्ताबन्दीको अवधी ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जतिपनि मूल्यका मोबाईल शून्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ता बन्दीमा खरिद गर्न सक्छन् ।

योजनामा सीमित ब्राण्डका मोबाइलको खरिदमा शून्य प्रतिशत डाउन पेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउन पेमेन्ट गरी शून्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।

ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजना हाललाई काठमाण्डौ उपत्यकाभित्रमात्र संचालन गरिएको छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी १ लाखभन्दा बढी डाउनलोड भैसकेको छ । विश्वका ७ महादेशका उच्च हिमशिखरहरुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिनाभित्रमा रिचार्जरलाई विश्वभरिका प्रयोगकर्तासम्म पुर्याउने लक्ष्यअनुरुप काम भैरहेको कम्पनीले जनाएको छ ।

रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीदगर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकटतथाहवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।