काठमाडौं–ऐतिहासिक एकदिवसीय क्रिकेट खेलिरहेको राष्ट्रिय टोलीले आज नेदरल्याण्ड्ससँग दोश्रो खेल खेल्दैछ ।


ADVERTISEMENT


पहिलो खेलमा हात पारेको खराब नतिजालाई उल्टाउने दाउका साथ नेपाल मैदानमा उत्रदै छ । पहिलो खेलमा उत्रिएका खेलाडीको स्थानमा केही परिवर्तन समेत गरिने भएको छ । पहिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जितका लागि मैदानमा उत्रनेछ । पहिलो खेलमा बलिङमा राम्रो खेलेपनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।


ADVERTISEMENT

# # #


साथै, खेलाडी शरद भेषवाकरको औलामा चोट लागेपछि ब्याटिगमा क्रिजमा आउन कै लागि भएपनि मैदान प्रवेश गरेका थिए । यस्तै, आजको खेलमा बलर शक्ति गौचन खेल्ने छैनन् । नेपालले आजको खेलमा जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ । पहिलो अन्तराष्टिय श्रृखंलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खोल्ने बाटो नेपाललाई हुनेछ ।