एजेन्सी–  ‘जताततै आगो लागेको थियो र मैले आफ्नो ज्यान बचाउन हाम फाल्नै पर्दथ्यो ।’


ADVERTISEMENT


‘मानिसहरु चिच्याइरहेका थिए । उनीहरु निकै आत्तिएका थिए तर सबै बाँच्न सफल भए । यो कुनै चमत्कारभन्दा कम होइन । हामीलाई मृत्युले छोएर निस्कियो ।


ADVERTISEMENT

# # #


ज्याकलिन फ्लोर्सले यसबारे बताइरहँदा उनले राहतको सास फेरिरहेकी थिइन् । उनी चढेको विमान मंगलबार मेक्सिकोको दूरंगो शहरमा दुर्घटनाग्रस्त भएको थियो । उनीसँगै विमानमा एक सय दुई जना सवार थिए जो दूरंगोबाट मेक्सिको सिटि जाँदै थिए ।

उडेको पाँच मिनेटपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो र यात्री हाइवे नजिकै मद्दत मागिरहेका थिए । ज्याकलिन घटनालाई याद गर्दै भन्छिन्, ‘विमान भाँच्चिसकेको थियो र आगो तीब्र रुपमा फैलिएको थियो । यात्रुहरु तनावमा थिए । हाम्रो विमान अचानक बेस्सरी हल्लिन थाल्यो । नियन्त्रणबाट बाहिरियो र हामी एकाएक जमिनमा बजारियौं ।’

दूरंगोका गर्भनर जोस रोसस अनुसार विमानले आँधीका कारण अचानक नियन्त्रण गुमाएको थियो । जमिनमा खसेपछि विमान करिब तीन सय मिटरसम्म घस्रियो ।

दुई बच्चा पनि थिएः
विमान पूर्ण रुपमा क्षतीग्रस्त भएको थियो । ज्याकलिनका अनुसार दुर्घटनाको केही सेकेन्ड पछि नै चारैतर्फ आगो फैलिएको थियो र जताततै धुँवा थियो ।

यद्यपी, आपत्कालीन सेवा पुग्नु अघि सबै यात्री सुरक्षित बाहिर निस्किसकेका थिए । एरोमेक्सिको विमान सेवाका सिइओ एन्डर्स कोनेसाका अनुसार विमानमा एक सय तीन मानिस थिए, जसमध्ये नौ नाबालिक, दुई बच्चा र दुई पाइलट र दुई परिचारिका थिए ।

सबै बाँच्न सफल भए । कसैलाई सानोतिनो चोट लाग्यो भने केही गम्भीर रुपमा घाइते भएका छन् । सोसल मिडियामा यो घटनालाई ‘चमत्कार’ बताइएको छ ।

ती तीन कारण जसको कारण यात्रीको ज्यान बच्योः

गर्भनरका अनुसार विमान जुन स्थितीमा उडिरहेको थियो त्यही स्थितीमा जमिनमा खस्यो । अर्थात्, न त यो पल्टियो न नै उल्टियो । उनी भन्छन्, ‘तेर्सो परेर खसेका कारण ढोका खोल्न सजिलो भयो र आगो फैलनु अगाडि विमान खाली गर्न सकियो । ’

एविएशन वेबसाइट ट्रान्सपोन्डर १२०० का सम्पादकीय निर्देशक गिल«मो गलवेनका अनुसार यो ‘चमत्कार’ तीन कारणले सम्भव हुन सक्यो । पहिलो, यो विमान दुर्घटनाग्रत त भयो तर यसको संरचनामा त्यति क्षती पुगेन । यात्रीलाई निकालिसकेपछि पनि त्यो केही हदसम्म सही अवस्थामा नै थियो । दोस्रो, पाइलट र परिचारिकाले आपत्कालीन स्थितीमा पनि सबै सावधानी अपनाए । उनीहरुले निकै जिम्मेवार ढङ्गले काम गरे । र तेस्रो, यात्रीले ती सबै निर्देशनको पालना गरे जुन उनीहरुलाई बताइएको थियो । उनीहरु समय बाँकी हुँदा नै विमानबाट बाहिर निस्कन सके ।

यात्रुहरु तनावमा हुँदा हुँदै पनि दिमागले काम गरिरहेका थिए । यसै कारण उनीहरु बचे । अन्य दुर्घटनामा यस्तो स्थिती निकै कम देख्न पाइन्छ ।

घाइतेको अवस्था कस्तो ?

दूरंगोमा बस्ने फ्लोर्स भन्छिन्, ‘म आफ्नो १६ वर्षको छोरासँग यात्रा गरिरहेको थिएँ । विमान दुर्घटनाग्रस्त भएपछि म जसरी पनि बाहिर निस्कन चाहन्थें ।’ विमानबाट हाम फालेका कारण उनको घुँडामा चोट लागेको थियो र धेरै रगत बगेको थियो ।

उनी भन्छिन्, ‘चोटको केही मतलब नै भएन । बाँच्न सफल भएकोमा अत्यधिक खुसी थिएँ । यो चमत्कार नै थियो । हामीले निकै भाग्यमानी छौं ।’

अहिलेसम्म घाइतेको सटिक संख्या पत्ता लाग्न सकेको छैन । रिपोर्ट अनुसार ८० भन्दा बढि घाइतेको उपचार विभिन्न अस्पतालमा भइरहेको छ । ती मध्ये धेरैलाई सानो चोट लागेको छ । यद्यपी, दुई गम्भीर रुपमा घाइते भएका छन् ।

यी दुईमध्ये एक विमानका पाइलट हुन् जसको मेरुदण्डको शल्यक्रिया गरिएको छ । यस्तै एक युवती दिन् जसको शरिरको एक चौथाई भाग जलेको छ ।

फ्लोर भन्छिन्, ‘मैले दुबैलाई देखेकी थिएँ । एउटाको टाउकोबाट रगत बगिरहेको थियो र अर्की महिला नराम्रोसँग जलेकी थिइन् । ’

अनुसन्धानः

विमान दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको छ । यद्यपी, विशेषज्ञले खराब मौसमका कारण दुर्घटना भएको जानकारी दिएका छन् ।

विमानले उडान भर्ने बेलासम्म मौसम सफा थियो । अचानक धुलो मिसिएको आँधी आयो र केही मिनेटमा नै सबै कुरा परिवर्तन भए । तर मौसमलाई मात्र जिम्मेवार देखाउनु सही होइन । यसबाहेक पनि केही कारण हुनसक्छ ।

केही प्राविधिक गडबडी पनि हुनसक्छ । सन् २००८ पछि यसलाई मेक्सिकाको ठूलो दुर्घटना बताइएको छ ।

सन् २००८ मा मेक्सिको सिटीमा एक विमान दुर्घटना भएको थियो जसमा १६ जनाको मृत्यु भएको थियो ।